हजुरलाई देखेपछि
छोडेर आएँ स्वर्ग
भरेर छुट्टै लय
जन्मियो अर्को जिन्दगी
कुँद्यौं रहरका बुट्टा
सजायौं अनगिन्ति सपना
बढो मेहनतले बुन्यौं प्रेमको गुन्द्री
ओछ्यौं फूलजस्तै कोमल हृदय
जुन गुन्द्री भएर लडिबुडी गर्थ्याे जिन्दगीकाे रंग
हजुर भन्नुहुन्थ्यो
मेरी रानी !
हजुरसँगै उदाउँछु
सँगै अस्ताउँछु
हजुरलाई सुर्य बनाएर
सुर्यमुखी फूल भइरहन्छु
बस् ओठमा पुनम फूलाउनु
म भन्थें
मेरो हजुर !
हजुरसँगै उदाउँछु
सँगै अस्ताउँछु
हजुरलाई सुर्य बनाएर
सुर्यमुखी फूल भइरहन्छु
बस् ओठमा पुनम फूलाउनु
हामी दुवै सूर्यमुखी फूल बन्यौ
एकअर्कालाई सुर्य बनायौं ।
सपनाहरु
एकअर्काको चाहनामा समर्पित ग¥यौं
समय यहिँ अड्किएन
समय हत्केलामा टपक्क टिप्न
विश्वास खाँदेर मनभरी
हजुरले देश छाड्नु भयो
विछोडका गहिरा घाउहरुमा
पे्रमिलबातहरुको मलम लगाइरहें
हजुरले घर छाडेदेखि
किनारमा छट्पटाइ रहेको माछाले
जति सम्झन्छ नदिलाई
खडेरीले जती सम्झन्छ पानी
भोकले जति सम्झन्छ रोटी
भिडमा हराएको बच्चाले जति सम्झन्छ आमा
मानिसले जति संझन्छ बालापन
मेरो हजुर ! मैले हजुरलाई त्यती सम्झन्छु
याद नहुँदो हो त
कस्तो हुँदो हो जिन्दगी ?
यादहरु बटुलेर
चंगा उडाए हजुरसम्म पुग्ला भनेर
को आयो नजरको हतियार बोकेर ?
कसले चुँडाल्यो धागो ?
चंगा हरायो
म यसरी भत्किएँ
भत्कनुको सिमा रहेन
रहरहरु रहर कै मलामी बने
मनभरी आँधी चल्यो
रंगहिन आँशु टिपेर
आशाका रंगहरु पोत्दै लेखें प्रेमपत्र
पढ्न सक्नुहुन्छ–सक्नुहुँदैन आँसुका हरफहरु ?
प्रश्नहरु हृदयको कुना–कुनासम्म ठोक्किन्छ–ठोक्किदैन ?
उत्पन्न हुन्छ–हुँदैन अमिलो झंकार ?
कानसम्म आइपुग्छ–आइपुग्दैन मधुरो संगीत ?
आँखामा आउँछ–आउँदैन धमिलो चित्र ?
मेरो राजा
हृदय धर्मशाला हो र ?
जो आएपनि हुने
जो गएपनि हुने
कसैलाई टाँसेर कसैलाई उप्काउन मिल्ने
वर्षौंदेखि प्रश्नहरुको चाङ् लगाउँदै बसेको छु
जवाफ कहिल्यै आएन ।
छोडेर आएँ स्वर्ग
भरेर छुट्टै लय
जन्मियो अर्को जिन्दगी
कुँद्यौं रहरका बुट्टा
सजायौं अनगिन्ति सपना
बढो मेहनतले बुन्यौं प्रेमको गुन्द्री
ओछ्यौं फूलजस्तै कोमल हृदय
जुन गुन्द्री भएर लडिबुडी गर्थ्याे जिन्दगीकाे रंग
हजुर भन्नुहुन्थ्यो
मेरी रानी !
हजुरसँगै उदाउँछु
सँगै अस्ताउँछु
हजुरलाई सुर्य बनाएर
सुर्यमुखी फूल भइरहन्छु
बस् ओठमा पुनम फूलाउनु
म भन्थें
मेरो हजुर !
हजुरसँगै उदाउँछु
सँगै अस्ताउँछु
हजुरलाई सुर्य बनाएर
सुर्यमुखी फूल भइरहन्छु
बस् ओठमा पुनम फूलाउनु
हामी दुवै सूर्यमुखी फूल बन्यौ
एकअर्कालाई सुर्य बनायौं ।
सपनाहरु
एकअर्काको चाहनामा समर्पित ग¥यौं
समय यहिँ अड्किएन
समय हत्केलामा टपक्क टिप्न
विश्वास खाँदेर मनभरी
हजुरले देश छाड्नु भयो
विछोडका गहिरा घाउहरुमा
पे्रमिलबातहरुको मलम लगाइरहें
हजुरले घर छाडेदेखि
किनारमा छट्पटाइ रहेको माछाले
जति सम्झन्छ नदिलाई
खडेरीले जती सम्झन्छ पानी
भोकले जति सम्झन्छ रोटी
भिडमा हराएको बच्चाले जति सम्झन्छ आमा
मानिसले जति संझन्छ बालापन
मेरो हजुर ! मैले हजुरलाई त्यती सम्झन्छु
याद नहुँदो हो त
कस्तो हुँदो हो जिन्दगी ?
यादहरु बटुलेर
चंगा उडाए हजुरसम्म पुग्ला भनेर
को आयो नजरको हतियार बोकेर ?
कसले चुँडाल्यो धागो ?
चंगा हरायो
म यसरी भत्किएँ
भत्कनुको सिमा रहेन
रहरहरु रहर कै मलामी बने
मनभरी आँधी चल्यो
रंगहिन आँशु टिपेर
आशाका रंगहरु पोत्दै लेखें प्रेमपत्र
पढ्न सक्नुहुन्छ–सक्नुहुँदैन आँसुका हरफहरु ?
प्रश्नहरु हृदयको कुना–कुनासम्म ठोक्किन्छ–ठोक्किदैन ?
उत्पन्न हुन्छ–हुँदैन अमिलो झंकार ?
कानसम्म आइपुग्छ–आइपुग्दैन मधुरो संगीत ?
आँखामा आउँछ–आउँदैन धमिलो चित्र ?
मेरो राजा
हृदय धर्मशाला हो र ?
जो आएपनि हुने
जो गएपनि हुने
कसैलाई टाँसेर कसैलाई उप्काउन मिल्ने
वर्षौंदेखि प्रश्नहरुको चाङ् लगाउँदै बसेको छु
जवाफ कहिल्यै आएन ।
No comments:
Post a Comment