Tuesday, September 18, 2018

मुक्तक - वृष न्याैपाने

             
               (१)
पुरा बताऊ, सब बताऊ,
मान्छे पट्याउने अनुभब बताऊ,
सुत्ताउंदै छ जिवन अचेल,
कहानी होइन, मतलव बताऊ ।

                 (२)
मनलाई मन्दिर बनाउनु छ,
सुनौलो तक्दिर बनाउनु छ,
गन्तव्य लामो छ पुग्नुपर्ने,
कोइला घोटी कोहीनुर बनाउनु छ ।

                    (३)
सपना पुरा गर्न अठोट चाहिन्छ,
तपाईलाई लाग्ला नोट चाहिन्छ,
आत्मसन्तुष्टि नै खुसी हो,
कसैलाई कपास चाहिन्छ, कसैलाई कोट चाहिन्छ ।

2 comments: