Tuesday, April 7, 2020

कोरोना बिशेस मुक्तक - दिब्य गिरी

                                १
आफै आयो कि, अरुले पठायो केही टुंगो छैन
अब बाँचिने हो कि मरिने हो केही टुंगो छैन
घरभित्रै नजरबन्दमा परेकाछन् मान्छेहरु
जीवन आफ्नै हो कि अरुको केही टुंगो छैन ।

                              २
जसलाई दुस्ख सुनाउन गएँ, ऊ आफै रोइरहेथ्यो   
जसलाई घाऊ देखाउन गएँ, ऊ आफ्नै घाऊ धोइरहेथ्यो
अब जाने ठाउँ र भेट्ने मान्छेको अभाव छ यतिबेला   
जसकहाँ बन्धन फुकाउन गएँ, ऊ आफै पिंजडामा घुमिरहेथ्यो । 

                               ३
उता नेता कमिसनको भारले थिचिएको छ
यता गरीब महंगीको मारले थिचिएको छ
दिनदिनै यस्तैयस्तै खबर पढेर बस्नु पर्यो
संसार कोरोनासंगको हारले थिचिएको छ ।

                               ४
अणु परमाणु भन्दा कोरोना बलवान भयो 
धन सम्पत्ती भन्दा सबैको प्यारो ज्यान भयो
संसारनै बिपत्तीको घेरामा परेको बेला 
अब सबैको भरोशा भन्नु भगवान भयो  ।

                           ५
कोरोनाले मान्छे नमरेको कुनै खबर छैन
बाटोमा हिंड्ने मान्छेहरुको लस्कर छैन
आफ्नै घरभित्रको बन्दी जीवन कति बाँच्ने रु
कहिले टुंगिन्छ यो कष्ट तेस्को ठहर छैन ।

No comments:

Post a Comment