Sunday, November 1, 2020

हिंदी ग़ज़ल - बलजीत सिंह बेनाम

                            हिंदी ग़ज़ल - बलजीत सिंह बेनाम


      

जब से इस जग का है उदभव
मानव से लड़ता है मानव

जीवित मुर्दे में क्या अंतर
इक शव को ढ़ोता दूजा शव

पापों के तुम ही संहारक
फिर धरती पर आओ राघव

तुम बिन नीरस मेरा जीवन
फ़ीके फ़ीके सारे वैभव

ख़ुशियों ने गर छोड़ा आँचल
दुःख में हरदम छेड़ो उत्सव


                                                                                        103/19 पुरानी कचहरी कॉलोनी, हाँसी
                                                                                                 ज़िला हिसार(हरियाणा)
                                                                                              मोबाईल नंबर:9996266210


Tuesday, April 21, 2020

अविरल यात्रा - उषा शेरचन




भारी ट्रक छातीमा बोकेर
गुडिरहेछु निरन्तर
लक्ष्यहीन पथिकझैँ
जीवनपथको संग्राममा
शिशरको निर्मम बलात्कारबाट
नाङ्गिएका कलिला आरूका रुखझैँ
निर्वस्त्र युगसँगसँगै
भौतारिँदै छु निरन्तर
आफ्नै मुटुका रस पिउँदै
कालो-कालो चस्माभित्र पनि
-लुक्न सकेनन् आँखाका नानीहरू
नीलो-नीलो दहभित्र पनि
-चल्न सकेनन् दयामा आँधीहरू
हराएका अनुहार खोज्ने क्रममा
आफैं हराएछु बेपत्तासँग
विराएका बाटा पहिल्याउने क्रममा
आफैं रुमल्लिएछु बेहिसाबसँग
सक्छौ भने आएर सान्त्वना देउ
-डढेलोले खाएको मनलाई
सक्छौ भने पुनः जलाइ देउ
- निभिरहेको दियोलाई
लुक्न नखोज त्यसरी
- आफ्नै आँखाहरूबाट
भाग्न नखोज त्यसरी
-आफ्नै छायाहरूबाट
खोजी गर्नेछन् अनन्त अनन्तसम्म
-यी रुझेका परेलाहरूले
पीछा गर्नेछन् अनन्त अनन्तसम्म
-यी थाकेका पैतालाहरूले !
-यी थाकेको पैतलाहरूले !!






साभार : फेसबुक

सरकार सुतिरहेको छ - चन्द्र गुरुङ


नहोस् नयाँ दिनको आगमन
हाँगा हाँगामा बसेर
सुरिलो स्वरमा गीत नगाऊ
नचिरबिराऊ ए चराचुरुङ्गीहरू
सरकार सुतिरहेको छ ।
नजन्मियोस् नयाँ सौन्दर्य
नफुलोस् एउटा फूल
कोपिला फूल बनेर नमगमगाओस्
हल्ला गर्दै हूलका हूल भमरा आउने छन्
सरकार सुतिरहेको छ ।
नगाऊ जीवनको कुनै गीत
हर्षोल्लास् मनाउँदै नबग ए खोलाहरू
नाचगान गर्दै ओरालो नजाऊ
पटक्कै नचिच्याऊ
सरकार सुतिरहेको छ ।
ननिस्कियोस् कुनै मीठो धुन
बादल नउडोस्, हावा नचलोस्
रिमझिम वर्षात् नझरोस्
नहोस् कुनै प्रकारको होहल्ला
सरकार सुतिरहेको छ ।
नचम्किए, नचम्कियोस् जून
घाम नउदाए नउदाओस्
ताराहरू नटिलपिलाए नटिलपिलाउन्
भीरपहरा गीत गाउँदै नडुल ए बतास
सरकार सुतिरहेको छ ।
नथालियोस् उमङ्गको यात्रा
ए खुट्टाहरू नयाँ जोशमा नहिँड
यी सहस्र पदचापले
वातावरणको मौनता भङ्ग हुनेछ
सरकार सुतिरहेको छ ।
सरकार सुतिरहको छ साथी
तिमी चुपचाप बस !

 हाल : बहराइन

माेबाइल- हेमसागर पाेखरेल


प्रविधि विकासको असमेल घुइँचोमा
मोबाइल सुनौलो संसाधन
यान्त्रिकरणको तीव्र पदचापमा
जादुमय औजार
जीवन भोगाइमा
निरपेक्ष साथी भएकोछ मोबाइल
प्रतिविम्वित हुन्छन् मोबाइलमा
साक्षात् आरोह अवरोहहरु
छरितो आविश्कार
झझङ्कृत पुरस्कार 
अनुवाद हुन्छ मान्छे मोबाइलका
स्निग्ध फोल्डर(पत्र)भित्र
संचार जगतको अपरिहार्य
अवयव मोबाइल,
मोबाइल बहु आयामिक संयन्त्र
सघन सेवा सारथि
घडी,रेडियो
अखबार ,भिडियो 
क्यामेरा, क्याल्कुलेटर
फोन ,पुस्तक ,फेसबुक र एल्वम्
टिभी, इमेल र इन्टरनेट
सांसारिक संजालको पगाहा
मोबाइल बहुरूपी माघ्यम 
पल पलको खुल्दुली र उपहार,
मोबाइल,मानव चेतनाको उपज
चिन्तनको उच्चतम अाविश्कार
अावश्यकताको अविराम माध्यम
शानदार उमङ्ग
उत्साही तरङ्ग
आधुनीकरणको चुम्बकीय 
खजना मोबाइल
मानव जगतको हार्दिक अपनत्व
सम्बन्ध सुत्रको अचुक अस्तित्व
मोबाइल।

Friday, April 10, 2020

हल्लिनु - धर्मेन्द्र नेम्बाङ

हल्लिनु भनेको पुरानो अवस्थामा खलबल आउनू ।
हल्लिनु भनेको पुरानो व्यवस्थामा खलल आउनू ।
हल्लिनु भनेको यथास्थितिलाई धक्का दिनू ।
हल्लिनु नयाँ बिज्ञानको शुरुआत हुनू ।
हल्लिनु भनेको मक्किएको टुक्रिनू, चुटिनू, अलमलिनू, उल्टिनू, बिघटन हुनू ।
पुरानो उखेलिनु नयाँ परिस्थिति आउनू ।
हल्लिनु भनेको अस्थिर बन्नू ।
हल्लिनु भनेको पुरानो बिस्थापन नयाँ आमन्त्रण ।
हल्लिनु ज्ञान, चेतना, धरातल, कुण्ठा, मुटु, छाँति, मगज, पृथ्बी
आदि इत्यादि
हल्लिनु भनेको हिल्लिनू ।

कोरोना र भ्रष्टाचार - होमराज ढुङ्गेल


हे वैज्ञानिकहरू हो..
हे चिकित्सकहरू हो...
हे औषधि विज्ञहरू हो ....
हे अन्वेषकहरू हाे ....

मेरो विनम्र आग्रह तिमीहरूलाई
पत्ता लागाउनु पूर्व कोरोना विरुद्धको खोप
बनाइदेऊ खोप  भ्रष्टाचार विरुद्धको
र पठाइदेऊ यहाँ

भ्रष्टचार नामक भाइसका कारण
 सकिनै लाग्यो नेपाल

सुन
फेरी सुन
कान खोलेर सुन

अन्यत्र व्यक्ति मर्दैछन् काेरोनाका कारण
यहाँ मर्दैछ मेराे देश
मर्दैछिन् नेपाल आमा

त्यसैले म भन्छु फेरी
छिटै गर
तत्कालै गर
किनकी
उनी
छट्पट्टि रहेकी छिन् मृत्यु शैयामा  .....

Tuesday, April 7, 2020

कोरोना बिशेस मुक्तक - दिब्य गिरी

                                १
आफै आयो कि, अरुले पठायो केही टुंगो छैन
अब बाँचिने हो कि मरिने हो केही टुंगो छैन
घरभित्रै नजरबन्दमा परेकाछन् मान्छेहरु
जीवन आफ्नै हो कि अरुको केही टुंगो छैन ।

                              २
जसलाई दुस्ख सुनाउन गएँ, ऊ आफै रोइरहेथ्यो   
जसलाई घाऊ देखाउन गएँ, ऊ आफ्नै घाऊ धोइरहेथ्यो
अब जाने ठाउँ र भेट्ने मान्छेको अभाव छ यतिबेला   
जसकहाँ बन्धन फुकाउन गएँ, ऊ आफै पिंजडामा घुमिरहेथ्यो । 

                               ३
उता नेता कमिसनको भारले थिचिएको छ
यता गरीब महंगीको मारले थिचिएको छ
दिनदिनै यस्तैयस्तै खबर पढेर बस्नु पर्यो
संसार कोरोनासंगको हारले थिचिएको छ ।

                               ४
अणु परमाणु भन्दा कोरोना बलवान भयो 
धन सम्पत्ती भन्दा सबैको प्यारो ज्यान भयो
संसारनै बिपत्तीको घेरामा परेको बेला 
अब सबैको भरोशा भन्नु भगवान भयो  ।

                           ५
कोरोनाले मान्छे नमरेको कुनै खबर छैन
बाटोमा हिंड्ने मान्छेहरुको लस्कर छैन
आफ्नै घरभित्रको बन्दी जीवन कति बाँच्ने रु
कहिले टुंगिन्छ यो कष्ट तेस्को ठहर छैन ।