म गंगामाया
छोराको वियोगमा पीडित आमा
मेरो छोराको हत्या भएको छ
छोराको हत्यारालाई कारवाहीको माग गर्दै
आमरण अनसनमा बसेकी छु
मेरो पती नन्दप्रसाद अधिकारी
आमरण अनसनमै परलोक भए
म गंगामाया अझै बाँचेकी छु ।
यो शहरमा मेरो कोही पनि छैन
यो देशको सरकार
मेरो लागि रत्तीभर पनि हुँदै भएन
ऊ त हत्यारा, अपराधी र तस्करीको लागि मात्र भयो
यो देशको सरकार मानवताविहीन छ
संवेदनाहीन छ ।
मेरो छोराको हत्याराहरू छाती फुलाएर
म अनसन बसेको अस्पताल अगाडिबाटै
हिँडिरहेका हुन्छन्
तर सरकार उनीहरूलाई देख्दै
यो देशमा सरकारभन्दा पनि बलिया रहेछन्
हत्यारा, अपराधी र तस्करहरू
निरिह छन् मजस्ता नेपाली आमाहरू ।
तपार्इंलाई आश्चर्य लाग्ला
हो पक्कै पनि यो देशमा न्याय
अदालतको छानोमा बसेर रोइरहेछ
र कारागारको ढोकामा उभिएर अट्टाहास गरिरहेछ
महाशय,
मेरो छोरो बिनाकारण मारिएको छ
अकारण मान्छे मार्न कहाँ पाइन्छ रु
अपराधीले यहाँ किन छुट पाउँछ रु
म गंगामायाको सबैसँग अनुरोध छ
कि के मैले न्याय पाउँदिन रु
मेरो छोराको हत्याराले किन मुक्ति पाउँछ रु
म गंगामाया
अस्पतालको बेडमा प्राण त्याग्न तयार छु
जसरी मेरो लोग्नेले प्राण त्याग गरे
यो देशमा सरकार छ भन्नेहरू भनिदिनु पर्यो
यो देशको सरकारमा म छु भन्ने भनिदिनु पर्यो
यो देशको अदालतले पनि भनिदिनु पर्यो
यो देशमा कानुन छ कि छैन रु
यदि कानुन छ भने
त्यो सरकारसँग छ कि
या अपराधीहरूसँग छ रु
भन, ए सरकार १
म गंगामायाले अन्याय खपेर कतिञ्जेल बाँच्ने रु
हत्याराले अन्याय गर्न कहिलेसम्म पाउने रु
मैले न्याय नपाउने हो भने
यो देशमा कानुन किन चाहियो रु
यो देशमा सरकार किन चाहियो रु
यो देशमा अदालत किन चाहियो रु
ए, ‘घुम्नेमेचमा बस्ने अन्धो मान्छेहरु’
ए, हत्यारा, अपराधी र तस्करीका संंरक्षकहरू
‘न्याय नपाए गोर्खा जानु’ लाई उल्टाएर
अब तिमीहरू संविधानमा लेख
‘अन्याय खप्न गोर्खा जाऊ’
म गंगामाया यो देशमा अन्याय खपेर
मृत्यु पर्खिरहेछु
मृत्यु पर्खिरहेछु ।
No comments:
Post a Comment