सुनाउँदछु को यहाँ , सुनिदिनेछ मेरो व्यथा ।
जतातिर म हेर्छु देख्दछु उतै भताभुङ्ग छ।
चिरिन्छ मन यो हरे १सब कुरा लथालिङ्ग छ ।।
जहान बडा घरका छरछिमेकका भक्त छन् ।
कठै ! मलिन , रुग्ण यो तन लिई म छु व्यग्र झन् ।
लुसुक्क घरमा पस्यो अनि बस्यो सियो झैँ बनी ।
बनेर अब देखियो मुसल झैँ छिमेकी पनि ।।
अगाडि मुखमा छ अमृत ,छ चित्तमा त्यो विष ।
बनेर हँसिलो सधैँ लिइरहेछ भित्री रिस ।
बनेर मदमत्त गर्दछ कतै बडो ताण्डव ।
बनी विवश हेर्दछु टुलटुली छिमेकी अब ।।
(पृथ्वी छन्द)
No comments:
Post a Comment