हो हामी अहिले एउटा अर्कै यद्व लडदैछौं
मान्छेले छेप्यास्त्र बनायो
रकेट बनायो
संसारलाई क्षणभरमै ध्वस्त बनाउने
हतियार बनायो
तर युद्व जित्न हतियार होइन
औषधि आवश्यक भए पछि
तिन छक्क परिरहेछ
आफूलाई सर्वशक्तिमान ठान्ने मान्छे ।
के गरेन मान्छेले
चन्द्रमामा पुग्यो
मंगल ग्रहको खोजी गर्यो
रोबर्ट बनायो
तर आज संसार जित्न हिडेको मान्छे
यति निरीह भएकोे छ कि
उसंग कुनै कवच छैन
शस्त्र अस्त्र छैन
इतिहास मेटिएको छ
भत्किएको छ भ्रमको धरहरा
शक्तिका लागि कुनै दौड छैन
होडबाजी छैन
साबुन पानीले हात धोएर
पखाल्दै गर्दा भाइरसहरु
मान्छेले पखालिरहेको आफूभित्रको
अहमको भाइरस पनि
अनि बल्ल बुझदैछ
मान्छे हिन्दु ,मुस्लिम ,इसाई जे सुकै होस
युरोप ,एसिया ,अमेरिका ,अफ्रिका जहाँ सुकै होस
आखिर दुखको लय उस्तै रहेछ
आशुुको भाषा एउटै रहेछ
ठूलो सानो भन्ने त मान्छेको
केवल सोचाई रहेछ
त्यसैले सृष्टिको विरोध होइन
स्वीकार गरेर
मान्छेहरु लड्दैछन् यो युद्व सामुहिक रुपमा ।
हो यो एउटा अकै युद्व
मान्छे मान्छे वीच सामाजिक दूरी
कायम गरेर जितिने युद्व
समयले यति बेला हामीलाई टाढा बनाएको छ
तर मान्छेले मान्छेलाई गर्ने प्रेम
मान्छेले मान्छेलाई गर्ने सम्मान
झन झन बढीरहेछ बढीरहेछ ।
No comments:
Post a Comment