कता कता माझी फल जस्तो लाग्यो
कोरोनाको आकार
दुरुस्त धतुरो फल जस्तो लाग्यो
कोरोनाको विकार
तर, मेरो देशभित्र मेरै हिमाली पर्खालले
कहाँ छिर्न दिन्छ र उसलाई ?
बहुत खतरर्नाक छ भन्छन् कोरोना
बेहोस हुनु छैन सारा होस गर दाजुभाइ !
जोडेर उसको विरुद्धको जनमत
नयाँ शङ्खघोष गर साथीभाइ !
०...................०.................०
सूक्ष्मातिसूक्ष्म जीवाणु भैकन पनि
संसार हल्लाउन सक्ने रहेछ ऊ
अदृश्य किटाणु बनेर नै गर्नु के ?
मान्छेको आयु
निमिट्यान्न पार्न सक्ने रहेछ ऊ ।
लखेट्नु पर्छ कष्टकर शक्तिलाई
मास्क पैरेर भए पनि
छेक्नु पर्छ उसलाई
एक्ल्याउनु पर्छ बेग्ल्याउनु पर्छ
एक्ल्याएरै अलग्याउनु पर्छ उसलाई
भयरहित आत्मबल बटुलेर छातीभरि
भगाउनु पर्छ टाढा अझै टाढा
संसार निल्न खोज्ने
कोरोना अपराधी भाइरसलाई ।
विश्व मानव सभ्यतामा उसले,
आक्रान्त बनाइरहेछ हामीलाई
दानवी रूप लिएर थर्काइरहेछ मान्छे
हलाहल विष वमन गर्दै
सताइरहेछ हामी जस्तै जिउन चाहने मान्छेलाई
त्यसैले नपालौं अव विषाणु
र फालौं उसलाई
साम्राज्य उसको सकिदैन,
घटाऊँ उसको महामारीलाई ।
उठ, हे औषधी विज्ञहरू !
रसौषद र रसायनविद्हरू !
आँखा खोल हे फार्मिसिस्टहरू !
क्वारेन्टाइनमा कैद गरेर मात्र कहाँ पुग्छ र ?
पठाऊ ! बाहिर बाहिरै
भगाऊँ ! टाढा टाढा
र, लखेट उसलाई गाउँ सहरका बस्तीहरूबाट ।
खवरदार !
घरभित्र पसेर दाइँ गर्ला उसले
रजाइँ गर्ला उसले
छैन किञ्चित् अधिकार उसलाई
हाम्रो समाज बिथोलेर ताडना दिई बस्ने ऊ
हाम्रै छेउ छाउ यातना भोगाउन पस्ने ऊ
कदापि ऊ क्षम्य हुन सक्तैन
त्यसैले लखेट ! लखेट ! टाढै लखेट उसलाई
सग्बगाउन नदेऊ भाइरसलाई !
मानवधातक राक्षसलाई
विश्व पाखण्ड मानवद्रोही पातकलाई ।
०.........................०.........................०
मादी न.पा.– ६, संखुवासभा
हालः भक्तपुर,लोकन्थली
No comments:
Post a Comment