Saturday, May 4, 2019

आश्रय–रवीन्द्र तिमसेना

लघुकथाः आश्रय 

   
 बिहे भएको दुई महिना नबित्दै सबिताको लोग्नेको मृत्यु भयो । जवानीमै भोग्नुपरेको जीवनसाथी वियोगले ऊ रन्थिनसम्म रन्थनिई । परिवार र छिमेकीले लोग्ने–टोक्कुवाईको बिल्ला भिडाइदिएर बस्नखान नदिएपछि ऊ माइतीघर जान बाध्य भई । मनको माया गर्नेहरू धेरै नभएपनि सान्त्वना दिन धेरै आए ।

    सबितासँगै स्कुल पढेको माइती गाउँकै आशीषले उसका बाबुआमासँग गएर बिहेका लागि प्रस्ताव ग¥यो । सुरुमा सविताले यो कुरा सुन्न पनि चाहिन तर बाबुआमाले धेरै सम्झाइ–बुझाइ गरेपछि सबिताले पनि आशीषसँग नयाँ साइनो गाँस्न मौन स्वीकृति जनाई ।

    परम्परागत समाजको तडकभडक गर्ने संस्कृतिलाई चुनौती दिँदै एउटी बेसहारा नारीलाई आश्रय दिएको भन्दै मानिसहरूले आशीषको प्रशंसा गरे । खानदानी परिवारमा जन्मिएको शिक्षित युवक आशीषले छानी छानी राम्रा राम्रा केटी बिहे गर्न सक्ने भए पनि सबितालाई जीवनसँगिनीका रूपमा स्विकारेर उसको उद्धार गरेको भन्दै गाउँलेहरू उसको चर्चा गर्दै थिए । आशीष भने दाइजोबारे विवादित बाँकी मुद्दाहरूबारे छलफल गर्न ससुरालीतर्फ जाने मिति तय गर्दै थियो ।

No comments:

Post a Comment