Monday, August 13, 2018

नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार प्रेमा शाहकाे अाख्यान सम्बन्धमा चर्चा परिचर्चा

नेपाल प्रज्ञा प्रतिष्ठान र गुञ्जन साहित्यिक संस्थाको संयुक्त आयोजनामा कथाकार प्रेमा शाहको आख्यान सम्बन्धमा चर्चा परिचर्चा गरिएको छ । कार्यक्रममा डा.ज्ञानु अधिकारीले नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको  थियो । प्रेमा शाहको आख्यान सन्दर्भ र प्रवृत्ति, नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान तथा नेपाली साहित्यमा प्रेमा शाहको स्थान र योगदान लगायतका विषयहरुमा कार्यपत्र केन्द्रित थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले प्रेमा शाहले आख्यानका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको बारेमा अायाेजना गरिएको कार्यक्रममा प्रतिष्ठानको तर्फबाट सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउनु भयो ।
कार्यक्रमको विशिष्ट अतिथि डा. बेञ्जु शर्माले प्रेमा शाहको जीवन संघर्षको वारेमा विमर्श गर्नु भएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद्का र प्राज्ञ सभाका सदस्यहरुको समेत उपस्थिति रहेको कार्यक्रममा काशिनाथ तमोटले प्रेमा शाहको बारेमा विशेष मन्तव्य राख्नु भएको थियो । गुञ्जन साहित्यिक संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, गद्य आख्यान विभाग प्रमुख श्री मातृका पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।  

No comments:

Post a Comment