Friday, August 10, 2018

चित्त किन दुख्छ ?- विश्वरुप दाहाल

पढ्दा असहमतिका बुँदा चित्त दुख्छ ।
यो दिलमा तिमी नहुँदा चित्त दुख्छ ।

गजबको जात हुदो रहेछ छोरा मान्छेको
मात्र अरुले तिमीलाई छुँदा चित्त दुख्छ ।

दैव, राम्री जति किन सधै अरुकै भागमा
सम्झेर टोलाउछु म खुदा, चित्त दुख्छ ।

विवाह बाध्यता हो, रहर हैन कर हो,
हरदिन आशुले मुख धुँदा चित्त दुख्छ ।

यता आफ्नी बुढी रुँदा झर्को लाग्छ,
उता छिमेकीकी बुढी रुँदा चित्त दुख्छ

No comments:

Post a Comment