Tuesday, July 10, 2018

गजल - राम बहादुर पहाडी


म बाँस जस्तै झुकिरहेछु तास रोयो न रोयौ तिमी
म लाश जस्तै जलिरहेछु प्रकाश रोयो न रोयौ तिमी ।

एकछिन नदेखे  तिमीलाई मेरो मुटु कुडिन्थ्यो मन यो चुडिन्थ्यो
आमाको बाेली पुग्दो रहेछ बिश्वास रोयो न रोयौ तिमी ।

सधैँ अशान्ति भो जिन्दगीमा अभाव तिमीलाई केही थिएन
पारेर एकलो लुट्यौ सकुन्जेल घरबास रोयो न रोयौ तिमी ।

दुख्छु जति म उति तिमीलाई मजा असाध्यै हुँदो रहेछ
सुन्छु सबैको मुखबाट त्यस्तै आकाश रोयो न रोयौ तिमी ।

ज्योतिषहरुले कसरी जुराए जुर्दै नजुर्ने साइत जुराए
बिर्सेर बिर्सन्न त्यो कर्मकाण्ड इतिहास रोयो न रोयौ तिमी ।




No comments:

Post a Comment