Saturday, June 30, 2018

HAPPY NEW YEAR - हाेमराज ढुङ्गेल


प्रभात कालमा रश्मिले नदेख्दै 
मलाई पल्लो घरको कुखुराले 
उठ्ने संकेत गरेपछि
एकाएक मेरो निद 
नयाँ वर्षलाई स्वगत गर्दै भाग्यो 
तर
अहँमैले नयाँ वर्षमा देख्ने कुनै 
नयाँ कुरा देखिन 
फूल फुलेकै थिए
चराको ¥याङ्चुरुङ् सदाझैं थियो
कुकुरको भुकाई
अनि बालबच्चाको तोते बोलि ,
परेवाको प्रेम 
ती कुनैमा थिएन परिवर्तन 
समय उस्तै थियो 
हिजो पनि आकाशमा बादल 
आज पनि उहि बादल 
पानी पर्ने छाँट 
 हिजो थियो 
 आज  
गगनमा एक हुल कौवा 
उडेर कता गए थाहा भएन 
भँगेरा ओल्लो घर  पल्लो घरका 
कठप्वाल चाहारि रहेछन् 
वरपर HAPPY NEW YEAR को 
आवाज गुन्जयमान भएको  
पढेकानपढेका स्वरमा स्वर थप्दैछन् 
धनी अनि गरिब 
त्यसैमा अझ ठूलो आवाज थप्दैछन् 
भित्तामा सबैले नयाँ वर्ष झुन्ड्याएका छन्
कोहि छन् झुन्ड्याउने हतारोमा 
अकस्मात mobile को घन्टीले 
तिम्रो  massage आएछ भन्दै मालाई
NEW YEAR 
को शुभकामना दियो 
मैले पनि same to you को संकेत दिएँ 
यो प्रक्रिया कति समय चल्ने हो 
थाहा छैन मलाई 
 व्यवहारमा  परिबर्तन 
 शब्दमा  परिर्वतन 
पोहोरअहिले  आगौं 
अनि...........................
HAPPY NEW YEAR 

No comments:

Post a Comment