Tuesday, April 7, 2020

हाइकु - हेमसागर पाेखरेल

        १
कोविड ब्याधि
अभौतिक लडाईँ
मुटुमा घाऊ !

      २
कोरोना किरा
संसारै आतङ्कित
सचेत बनौ !

       ३
कोविड रोग
सन्तापको भुमरी
औषधि खोजी !

      ४
क्वारेन्टाइन
जीवनको श्पर्षमा
चस्स बिझायो !

         ५
कोरोना झिल्को
सङ्क्रमित संसार
विध्वङ्श मान्छे !

No comments:

Post a Comment