हे वैज्ञानिकहरू हो..
हे चिकित्सकहरू हो...
हे औषधि विज्ञहरू हो ....
हे अन्वेषकहरू हाे ....
मेरो विनम्र आग्रह तिमीहरूलाई
पत्ता लागाउनु पूर्व कोरोना विरुद्धको खोप
बनाइदेऊ खोप भ्रष्टाचार विरुद्धको
र पठाइदेऊ यहाँ
भ्रष्टचार नामक भाइसका कारण
सकिनै लाग्यो नेपाल
सुन
फेरी सुन
कान खोलेर सुन
अन्यत्र व्यक्ति मर्दैछन् काेरोनाका कारण
यहाँ मर्दैछ मेराे देश
मर्दैछिन् नेपाल आमा
त्यसैले म भन्छु फेरी
छिटै गर
तत्कालै गर
किनकी
उनी
छट्पट्टि रहेकी छिन् मृत्यु शैयामा .....
No comments:
Post a Comment